NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

गाँजाबारे अर्थमन्त्रीको जवाफः अरुले फाइदा लिने, हामी पुरानै सोंचमा बस्ने ?

काठमाडौं । सरकारले ओषधिय प्रयोजनका लागि गाँजाको अध्ययन गर्ने नीतिबारे संसदमा उठेको प्रश्नको अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिएका छन् ।

प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसहित केही सांसदहरूले गाँजा खेतीको आवश्यकताबारे प्रश्न उठाएका थिए ।

ती प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले गाँजाबाट अन्य मुलुकले फाइदा लिँदा हामी भने पुरानै सोंचमा बसिरहेको बताए । ‘जुन देशहरुले यो रोक, होइन भने सहयोग नै बन्द हुन्छ भने । हामीले कानुन नै बनाएर रोक्यौं,’ उनले भने, ‘अहिले उहाँहरुले नै औषधिय प्रयोजनका लागि खुला गरिसकेका छन् । उनीहरूले यसको फाइदा लिने, हामी चाहीं पुरानै सोंचमा नबस्ने हो कि ? यो विषयमा गम्भीर होऔं, अध्ययन गरौं भनेको हो । भोलिदेखि नै सुरु गरिहाल्ने भनिएको छैन ।’

गाँजा खेतीका लागि भएका कानुनी अड्चन हटाउने, कुन मोडलमा लैजाने भन्नेबारे सबैले छलफल गरेर निष्कर्षमा पुग्नका लागि यो प्रस्ताव गरिएको उनको प्रष्टोक्ति छ ।