कृषि सामग्रीमा गरिएको भन्सार महसुल वृद्धि स्वदेशी उद्योग संरक्षणका लागि : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले स्वदेशमै उत्पादन हुने कृषि सामग्रीमा मात्रै महसुल वृद्धि गरिएको बताएका छन् ।
बजेटमा उठेका प्रश्नको संसद्मा जवाफ दिँदै डा. महतले भने, ‘कोदालो,बेल्चा,गैंती जस्ता फलामजन्य वस्तु तयार गर्न आवश्यक फलामको आयातमा ५ प्रतिशत भन्सार महसुल लाग्ने तर सो बाट तयारहुने वस्तुमा १ प्रतिशत मात्र महसुल लाग्ने व्यवस्थाका कारण यस्ता सामान्यवस्तु उत्पादन गर्ने स्वदेशी उद्योग आयातित वस्तु संग प्रतिस्पर्धा गर्न नसकि धरासायी भएको देखिएकाले स्वदेशी उद्योगको प्रवर्द्धधन र संरक्षणको लागी स्वदेशमै तयार हुने यस्ता सामान्य वस्तुमा लाग्ने भन्सार महसुल दर वृद्धि गरिएको हो।’
नेपालमा कृषि औजार कारखाना व्युताउन महाविर पुन नेतृत्वको राष्ट्रिय आविस्कार केन्द्रले मर्मत सम्भार गरिरहेको छ । निजी क्षेत्रबाट पनि यस्ता उद्योग सञ्चालनमा छन् । ती उद्योग संरक्षण गर्नको लागि सरकारले आयातित केही कृषि औजारमा महसुल वृद्धि गरेको डा. महतले स्पष्ट पारे ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया