NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

मर्निङ वाक किन गर्ने ? कसरी गर्ने ?

काठमाडौं । तपाई यो सामाग्री सुत्दै पढिरहनु भएको छ भने, तपाईले गल्ति गरिरहनु भएको हुनसक्छ । किनभने यहाँ मर्निङ वाकको महत्वबारे चर्चा गरिएको छ ।

बिहान–बिहान दौडनु स्वास्थ्यका लागि उत्तम व्यायाम हो । प्रत्येक बिहान आधा वा एक घन्टा दौडने गरेमा अन्य व्यायामको जरुरत नै पर्दैन ।

यस्तो जीवनशैली दीर्घरोगीहरूले पनि अपनाउन जरुरी हुन्छ । तर, दौडनुको पनि आफ्नै तरिका छ । कसरी दौडँदा बढी लाभदायक हुन्छ त ?

– बिहान उठेपछि पहिला एक वा दुई गिलास मनतातो पानी पिउने गर्नुपर्छ । त्यसपश्चात् शौच गर्नुपर्छ । अनि मात्र दौडन तयार हुनुपर्छ । दौडँदा प्रयोग गर्ने जुत्ता निकै कम्फर्टेबल हुन जरुरी छ । यसरी दौडनका लागि हल्का जुत्ता प्रयोग गर्दा राम्रो हुन्छ ।

– दौडनुअघि शरीरलाई दायाँ–बायाँ चलाउने, वामअप गर्नेजस्ता गतिविधि गर्न पनि बिर्सनु हुँदैन । दौडन सुरु गर्नेबित्तिकै स्पिड बढाउनु हुँदैन । दौडन सुरु गरेको ५–७ मिनेटपछि मात्र दौडको गति बढाउन आवश्यक हुन्छ । अरूको नक्कल गरी छिटो दौडने बानी गर्नुहुँदैन । शरीरले पचाउनेसम्म मात्र दौडने गर्नुपर्छ

– दौडने क्रममा लामो सास लिने, केही समय रोक्ने र छाड्ने प्रक्रिया गरिरहनुपर्छ । दौडने वेला श्वासप्रश्वासलाई पनि नियन्त्रणमा राख्ने अभ्यास गर्दा राम्रो हुन्छ ।

– दौडनु सुरु गरेको हरेक १०–१५ मिनेटमा पानी पिउनु राम्रो हुन्छ । दौडेर फर्केपछि नियमित नुहाउनुपर्छ । त्यसपछि प्रोटिनयुक्त खानेकुरा सेवन गनुपर्छ ।

– दौडने क्रममा आफ्नो पैतालाको चाल सुन्ने प्रयास गर्नुपर्छ । यस्तो आवाज सुनिएको अवस्थामा जोडले दौडिएको बुझिन्छ । यसो गर्दा मस्तिष्क पनि एकाग्र हुन मद्दत पुग्छ ।