सिंहदरबारमा सयभन्दा बढी कर्मचारीलाई सजायबिनाको कारबाही
काठमाडौं । कर्मचारीले मन्त्रीलाई कतिसम्म बेकुफ बनाउँछन् भन्ने जान्न उपयुत्त हुनेगरी सोमबार सिंहदरबारमा एउटा घटना घट्यो ।
त्यो हो, एक सय ३० जना कर्मचारीलाई कारबाही ।
कार्यालय समयमा उपस्थित नभएको भन्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्ना एक सय तीन जना कर्मचारीलाई सोमबार कारबाही गरेको जनाएको छ ।
मन्त्री अमनलाल मोदीको निर्देशनमा सचिव डा. कृष्णहरि पुष्करले सोमबार मन्त्रालयमा छड्के जाँच गरेका थिए ।
त्यसक्रममा १ सय ३० जना कर्मचारी समयमा उपस्थित भएनन् । सचिव पुस्करले उनीहरुलाई कारबाही गरेको विवरण मन्त्री मोदीलाई जानकारी दिएका छन् ।
तर ती कर्मचारीलाई के कारबाही गरियो त ? खासमा ती कर्मचारीलाई कारबाही नै गरिएको छैन ।
मौखिक चेतावनी दिने, स्पष्टिकरण सोध्ने र त्यसैलाई कारबाहीको रुपमा सचिव पुस्करले मन्त्रीलाई जानकारी गराएका हुन् । तर त्यस्तो कारबाहीले कर्मचारीको वृतिविकासमा कुनै असर गर्दैन । सरुवा, बढुवामा कुनै असर नगर्ने, ग्रेड रोक्का, विदा कटौती लगायत केहि नगरी सचिव पुस्करले मन्त्री मोदीलाई १ सय ३० जना कर्मचारी कारबाहीमा परेको विवरण थमाएका हुन् ।
सचिव पुस्करले एक सहसचिव सहित २३ उपसचिव, ३६ जना शाखा अधिकृत र ४१ जना नासु तथा सहायकस्तरका कर्मचारीलाई कारबाही गरेको विवरण मन्त्रीलाई बुझाएका हुन् । वास्तवमा उनीहरुलाई सजाँय विनाको कारबाही गरिएको थियो ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया