सञ्चालनमै नरहेका सात संस्थानमा ८८ कर्मचारी
काठमाडौं । निरन्तर नोक्सानीमा गई बन्द भएका ६ संस्थान र स्थापना भए पनि सञ्चालनमै आउन नसकेको एक संस्थानको रेखदेखका लागि ८८ कर्मचारी करारमा भर्ती गरिएको पाइएको छ ।
अर्थ मन्त्रालयका अनुसार यसरी भर्ती भएका अधिकांश सेक्युरिटी गार्ड हुन् भने थोरै संख्यामा जिन्सी सामग्री रेखदेख गर्ने अदक्ष कर्मचारी छन् । बन्द भइसकेको जनकपुर चुरोट कारखानामा ११, बुटवल धागो कारखानामा पाँच, ओरिएन्ट म्याग्नेसाइट प्रालिमा १९, औवादी फलाम कम्पनीमा १२, गोरखाकाली रबर उद्योगमा सात र विराटनगर जुट मिलमा २५ कर्मचारी करारमा छन् ।
त्यस्तै, स्थापना भएर पनि सञ्चालनमा आउन नसकेको नेपाल मेटल कम्पनीको सुरक्षार्थ नौ जना करारमा कार्यरत छन् ।नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया