कोकाहको पानी धरानमा, हर्षले रोए हर्क (भिडियोसहित)
काठमाडौं । कोकाह खोलाको पानी धरान ल्याउन धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई सफल भएका छन् ।
स्थानीयलगायतको श्रमदानमा मेयर राई खानेपानीको चर्को अभाव सामना गरिरहेको धरानमा कोकाहको पानी ल्याउन सफल भएका हुन् ।
चर्को खडेरीले धरानमा खानेपानी अभाव भएपछि राई कोकाहबाट जसरी पनि पानी ल्याउने भन्दै जुटेका थिए । उनले यहाँको पानी नल्याई धरान नै नफर्कंने वाचा गरेका थिए । सोमबार उनको योजनाले मूर्तरूप लिएपछि स्थानीयले उनीसँग खुसी साटेका थिए । त्यसक्रममा मेयर राई हर्षले भक्कानिएर रोए ।
काेकाह धरानबाट ४० किलाेमिटरकाे दूरीमा पर्छ । यहाँबाट पानी ल्याउन १०० दिनअघिबाट श्रमदान थालिएकाे थियाे ।
कोकाहको पानी धरान ल्याउन श्रमदानमा जुटेका एक श्रमदाताले १०० दिनको आफूहरूको मिहिनेतको फल प्राप्त भएको बताए । कोकाहको पानीले अहिले देखिएको खानेपानीको चर्को अभावलाई थोरै भए पनि राहत पुग्ने बताइएको छ ।
उचित व्यवस्थापन र स्रोत अभावमा धरानका नागरिकले वर्षौंदेखि खानेपानी समस्या झेल्दै आइरहेका छन् । गत स्थानीय तह निर्वाचनमा धरानको खानेपानी समस्यालाई आफ्नो मूल एजेण्डा बनाएर प्रतिस्पर्धामा उत्रिएका हर्कले निर्वाचित भएपश्चात यसलाई पूरा गर्न तत्कालीन र दीर्घकालीन योजनाका साथ काम गरिरहेका छन् ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया