धरानका मेयर राईविरुद्ध मुद्दा, यस्तो छ आरोप
काठमाडौं । खानेपानी समस्या समाधानमा अहोरात्र जुटिरहेका धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्कराज राईविरुद्ध मुद्दा दायर भएको छ ।
खानेपानी बोर्डको बैठक नबोलाइएको आरोप लगाउँदै मेयर राईविरुद्ध मुद्दा परेको हो ।
कोकाहको पानी धरान ल्याएको भोलिपल्ट सामाजिक सञ्जालमा एक पोस्ट् गर्दै मेयर राईले खानेपानीको विषयलाई लिएर आफूविरुद्ध मुद्दा परेको बताएका छन् । खानेपानी समस्या सम्बोधनका लागि प्रयास गर्दा कुनै सहयोग नगर्ने मनोज भट्टराई, श्याम पोख्रेल, विजय श्रेष्ठ र देवराज श्रेष्ठ नामका व्यक्तिले आफूविरुद्ध मुद्दा दायर गरेको राईको भनाइ छ ।
धरानको खानेपानीको गुणस्तर सुधार गर्न जुट्दा आफूविरुद्ध यसअघि पनि दुई उजुरी अख्तियारमा परिसकेको उनले बताए । यसपालि आफूविरुद्ध मुद्दा कहाँ परेको हो भन्नेबारे उनले केही खुलाएका छैनन् ।
कोकाहको पानी धरानमा, हर्षले रोए हर्क (भिडियोसहित) – NepalWatch
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया