धरानका मेयर राईविरुद्ध मुद्दा, यस्तो छ आरोप
काठमाडौं । खानेपानी समस्या समाधानमा अहोरात्र जुटिरहेका धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्कराज राईविरुद्ध मुद्दा दायर भएको छ ।
खानेपानी बोर्डको बैठक नबोलाइएको आरोप लगाउँदै मेयर राईविरुद्ध मुद्दा परेको हो ।
कोकाहको पानी धरान ल्याएको भोलिपल्ट सामाजिक सञ्जालमा एक पोस्ट् गर्दै मेयर राईले खानेपानीको विषयलाई लिएर आफूविरुद्ध मुद्दा परेको बताएका छन् । खानेपानी समस्या सम्बोधनका लागि प्रयास गर्दा कुनै सहयोग नगर्ने मनोज भट्टराई, श्याम पोख्रेल, विजय श्रेष्ठ र देवराज श्रेष्ठ नामका व्यक्तिले आफूविरुद्ध मुद्दा दायर गरेको राईको भनाइ छ ।
धरानको खानेपानीको गुणस्तर सुधार गर्न जुट्दा आफूविरुद्ध यसअघि पनि दुई उजुरी अख्तियारमा परिसकेको उनले बताए । यसपालि आफूविरुद्ध मुद्दा कहाँ परेको हो भन्नेबारे उनले केही खुलाएका छैनन् ।
कोकाहको पानी धरानमा, हर्षले रोए हर्क (भिडियोसहित) – NepalWatch
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया