NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

प्रधानमन्त्री प्रचण्डविरूद्ध परेको मुद्दाको सुनुवाइ आज

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको मुद्दाको सुनुवाई मंगलबार हुने भएको छ।

पूर्वलडाकु लेनिन विष्टले माओवादी जनयुद्धकालमा बाल सैन्यको रूपमा भर्ती गरेको र अयोग्य लडाकु घोषणा गरी शिविरबाट निकालेर युद्ध अपराध गरेको आरोपमा आइतबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

रिटमा अध्यक्ष प्रचण्ड र पूर्वप्रधानमन्त्री एवं नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईसमेतलाई विपक्षी बनाइएको छ।