प्रधानमन्त्री प्रचण्डविरूद्धको मुद्दामा कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरूद्ध परेको युद्दकालीन मुद्दामा कारण देखाउ आदेश दिएको छ ।
माओवादीका पूर्वलडाकु लेनिन बिष्टले दायर गरेको रिट निवेदनमाथि मंगलबार सुनुवाइ गर्दै न्यायाधीश सपना मल्ल प्रधानको इजलासले सो मुद्दामा कारण देखाउ आदेश दिएको हो । प्रारम्भिक सुनुवाइपछि रिटलाई अग्राधिकार दिने आदेशसमेत भएको छ ।
युद्धमा बालबालिका प्रयोग गरेको र शान्ति प्रक्रियामा आएपछि अयोग्य लडाकुको बिल्ला भिराएर अपमान गरी युद्ध अपराध गरेको आरोप लगाउँदै बिष्टले प्रचण्ड र बाबुरामविरूद्ध मुद्दा दायर गरेका थिए ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया