NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ५ गते

नङ लामो बनाउन यी तेल प्रभावकारी

एजेन्सी । लामो नङ, त्यसमाथि नेल पेन्ट र आर्ट अधिकांश महिलाको इच्छा हो । नङ राम्रो हुँदा यसले हातको सौन्दर्य नै बढाउँछ र हात आकर्षक देखाउँछ ।

प्राय: महिला नङ राम्रो बनाउन नेल एक्स्टेन्सन समेत गर्छन् । तर नेल एक्स्टेन्सनले नङलाई राम्रो देखाए पनि हानि पुयाउँछ ।यसलाई हटाउन पनि गाह्रो हुन्छ । त्यसैले प्राकृतिक उपायले नङको स्याहार गर्नुपर्छ । यसले नङ वृद्धि हुनुसँगै बलियो पनि हुन्छ ।

ल्याभेन्डर तेल

नङ लामो बनाउन ल्याभेन्डर तेलको प्रयोग गर्न सकिन्छ । यसमा मोइस्चराइजिङ गुणहरू हुन्छन् जसले सुख्खा क्यूटिकललाई पोषण दिन्छ भने क्षतिग्रस्त र भाँचिएको नङसमेत मर्मत गर्छ ।

कागतीकाे तेल

कागतीकाे  तेल नङ बलियो राख्न प्रभावकारी मानिन्छ । यसले नङलाई क्षति हुनबाट जोगाएर नङ पनि लामो बनाउँछ । यसमा एन्टिअक्सिडेन्टहरु प्रशस्त हुन्छन्, जसले नङलाई गहिरो रूपमा मोइस्चराइज गर्न सक्छन्।

रोजमेरी तेल

रोजमेरी तेलमा मोइस्चराइजिङ र एन्टी फंगल गुणहरू हुन्छन् । यी गुण नङको वृद्धिको लागि राम्रो मानिन्छ। यसले केबल नङमात्र वृद्धि नगरी नङमा चमक पनि बढाउँछ ।

ट्रिट्रि तेल

यसमा कन्डिसनिङ र एन्टिसेप्टिक गुणहरूको पाइन्छन् । यसले नङ वृद्दिसँगै नङ भाचिने समस्यालाइ पनि कम गर्छ ।

ताजा अपडेट

नेपालवाच विशेष