NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

एक दिन ढिला गरी नेपाल भित्रियो यस वर्षको मनसुन

काठमाडाैं । यस वर्ष एक दिन ढिला गरी मनसुन भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भएपनि जुन १४ अर्थात बुधबार (आज) बाट मनसुन नेपाल प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार नेपालको कोशी प्रदेश, पूर्वी मधेस प्रदेश, बागमती प्रदेशका अधिकांश भूभाग र गण्डकी प्रदेशका पूर्वी भूभागमा मनुसन आगमन भएको छ । नेपालको  अन्य भूभागमा भने केही दिनमा क्रमिक रूपमा मनसुन अगाडि बढ्ने विभागले जनाएको छ ।

नेपालमा कहिलेखि सुरू हुन्छ मनसुन ?