ग्रीसमा शरणार्थी चढेको डुंगा डुब्दा ३२ जनाको मृत्यु
एजेन्सी । ग्रीसको दक्षिणपश्चिमी क्षेत्रमा आप्रवासी शरणार्थी बोकेको डुंगा डुब्दा ३२ जनाको मृत्यु भएको ग्रीसको राष्ट्रिय समाचार संस्था एएमएनएले बुधबार जनाएको छ ।
एक सय चार जना यात्रुको उद्धार गरिएको छ भने बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको समाचारमा जनाइएको छ । हेलेनिक कोस्ट गार्डले इमेलमार्फत जारी गरेको प्रेस विज्ञप्तिअनुसार कुनै पनि यात्रुसँग लाइफ ज्याकेट थिएन ।
यो घटना पाइलोस शहरको तटमा भएको थियो । ग्रीसको राष्ट्रिय प्रसारक ईआरटीका अनुसार दुर्घटनाबाट बच्न सफल आप्रबासीहरूले अधिकारीहरूलाई माछा मार्ने डुंगा लिबियाबाट इटालीतर्फ हिँडेको समयमा ग्रीसमा दुर्घटना भएको बताएका छन् ।
ग्रीस सन् २०१५ देखि शरणार्थी र आप्रवासी आगमनमा अग्रङ्क्तिमा रहँदै आएको छ र विगत आठ वर्षमा एजियन सागरमा सयौंको मृत्यु भएको छ भने हजारौंलाई समुद्रबाट उद्धार गरिएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया