सरकारसँग सांसदहरूको प्रश्न : नागरिकता माग्नु अपराध हो ?
काठमाडौं । नागरिकतासम्बन्धी समस्या छिटो समाधान गर्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।
गत जेठ १७ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकविरूद्ध सर्वोच्च अदालतमा मुद्दा परेपछि नागरिकता वितरण रोकिएको छ ।
उक्त मुद्दा पटक पटक पेसी तोकिएपनि सर्वोच्चले हेर्न नभ्याइनेमा राखेपछि मंगलबार एक युवकले माइतीघर मण्डलामा आत्मदाहको प्रयास गरेका थिए । सोही विषयलाई लिएर बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरू अमरेशकुमार सिंह, अब्दुल खान, रेखा यादव लगायत सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘नागरिकता माग गर्नु अपराध हो । नागरिकता नपाएकाले निराश हुँदै आत्म दाहाको प्रयास गरेका छन् । यस विषयमा सरकारले समयमै ध्यान दिएन भने समूहिक आत्मदाहा गरे भने त्यसको जिम्मा कसले लिन्छ ?’, सांसद खानले भने, ‘यस्तो संवेदनशील विषयमा सरकारले उचित कदम चालोस् । गृहमन्त्रीमार्फत् तत्काल संसदलाई जानकारी गराउन माग गर्छु ।’
नागरिकता ऐन, २०६३ लाई प्रतिस्थापन गर्न बनेको संशोधित विधेयक अघिल्लो संसदले दुई पटक पारित गरेर पठाएको थियो । तर निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि निष्क्रिय रहेको थियो । उक्त विधेयक वर्तमान राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेपछि विपक्षी सांसदहरूले व्यापक विरोध जनाएका छन् ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया