सिंहदरबारको गेटैमा सर्तर्कताको छड्के, हाजिर गरेर टाप कस्ने कर्मचारीको विवरण लिइदैं
काठमाडौं । देशकै प्रशासनिक केन्द्र सिंहदरबारका कर्मचारीहरू कार्यालय समयमा हाजिर गर्ने र टाप कस्ने गरेको गुनासो बढेपछि राष्ट्रिय सतर्कता केन्द्रले दक्षिण गेटमै छड्के हानेको छ ।
नेपाल प्रहरी र राष्ट्रिय सतर्कता प्रहरीले संयुक्त रूपमा आज अनुगमन गरिरहेका छन् । केन्द्रका प्रहरी नायब महानिरिक्षक निरञ्जन विष्टले आज दिउँसभरी यो अनुगमन जारी हुने जानकारी दिए ।
‘कर्मचारीहरू हाजिर गरेर बाहिर निस्किने, कार्यालयको काम भन्दापनि निजी कामले बाहिर निस्किने कर्मचारीको विवरण लिने काम भइरहेको छ,’ उनले भने, ‘पत्रपत्रिकामा आएको समाचार र केन्द्रमै पनि गुनासो आएपछि अनुगमन गरेका हौं ।’
केन्द्रले हिजो पनि कार्यालय समयमा क्यान्टिनमा बसेर समय बिताउने कर्मचारीमाथि अनुगमन गरेको थियो । सो क्रममा काम गर्नुपर्ने समयमा क्यान्टिनमा गफ गरेर बस्ने १२ जना कर्मचारीको विवरण संकलन गरिएको छ । उनीहरूलाई गर्नुपर्ने कारवाहीको मागसहितको विस्तृत प्रतिवेदन बनाएर सचिवलाई बुझाउने तयारी रहेको डिआइजी विष्टले जानकारी दिए ।
‘कार्यालय समयमा दिनभरी क्यान्टिनमा गफ चुटेर बस्ने, अन्य डिल गर्ने गुनासो आएपछि हामीले अनुगमन गरेका थियौं,’ उनले भने, ‘सो क्रममा भेटिएका १२ जना कर्मचारीलाई कारवाहीको दायरामा ल्याउने तयारीमा छौं ।’
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया