NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल जारी

काठमाडाैं । प्रतिनिधिसभमा विनियोजन विधेयक, २०८० माथि आजदेखि मन्त्रालयगत छलफल सुरू भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा तीन मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल हुनेछ ।

सभामुख देवराज घिमिरेले आजको बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको विनियोजन शीर्षकमाथिको सामूहिक छलफल हुने बताए ।

प्रतिनिधिसभाको यसअघिका बैठकमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल सम्पन्न भएको थियो । सरकारले यही जेठ १५ गते संसद्मा आगामी आवको बजेट प्रस्तुत गरेको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष