प्रस्तावित प्रधानन्यायाधीश कार्कीले पेस गरे कार्ययोजना
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले संसदीय सुनुवाइ समितिको आजको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन् ।
हाल कायममुकायम प्रधानन्यायाधीश रहेका कार्कीले कार्ययोजनामा संविधान, कानुन र न्यायका सिद्धान्तबमोजिम निष्पक्ष, छिटोछरितो र गुणस्तरीय न्यायसम्पादन गरी सबैलाई न्याय सुनिश्चित गर्नु प्रमुख जिम्मेवारी रहेको बताए।
सिंहदरबारमा आज बसेको समितिको बैठकमा उनलाई प्रश्न सोध्ने र जवाफ माग्ने आजको कार्यक्रम शुक्रबार बिहान ८ बजेलाई सारिएको समितिले जनाएको छ । आज संसद् बैठक भएकाले सुनुवाइको कार्यक्रम भोलिका लागि सारिएको समितिका सभापति पशुपतिशमशेर जबराले जानकारी दिए ।
बुधबार समितिले उजुरीकर्तासँग छलफल गरेपछि आज सुनुवाइ तोकिएको थियो । कामु प्रधानन्यायाधीश कार्की गत वैशाख २५ गते संवैधानिक परिषद्बाट नयाँ प्रधानन्यायाधीशका लागि सिफारिस भएका थिए। कामु प्रधानन्यायाधीस कार्कीविरुद्ध ३८ जना उजुरीकर्ताले २९ उजुरी दर्ता गराएका छन् ।
ताजा अपडेट
-
सुनको भाउ घट्दा चाँदीको बढ्यो
-
२० दिनको बिदापछि इजलास फर्किन् न्यायाधीश मल्ल
-
सुनकोशी-मरिण डाइभर्सनको बाँध निर्माणका लागि ठेक्का आह्वान
-
रविले बोलाएको सर्वदलीय बैठक हर्क साम्पाङले गरे बहिष्कार
-
शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो


प्रतिक्रिया