नक्कली भुटानी शरणार्थी प्रकरण : प्रतिवादीको तर्फबाट बहस सकियो, भाेलि आदेश आउन सक्ने
काठमाडौं । नक्कली भुटानी शरणार्थीप्रकरणमा पक्राउ परेका सबै प्रतिवादीको तर्फबाट बहस सकिएको छ ।
बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा प्रतिवादी १८ तर्फबाट कानुन व्यवसायीहरूले बहस सकेका हुन् ।
प्रतिवादीको तर्फबाट बहस सकिएपछि शुक्रबार सरकारी पक्षका वकिलहरूले जवाफी बहस गर्नेछन् । न्यायाधीश न्यौपानेले भोलि २ बजे अगावै बहस सक्न सरकारी वकिललाई निर्देशन दिएकाले अभियुक्तहरू पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी वा साधारण तारिकमा छाड्ने आदेश दिन सक्छन् ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, बहालवाला सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राई लगायत ३० जनालाई अभियोग पत्र दायर गरिएको थियो । जसमध्ये १२ जना अझै फरार छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया