NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २५ गते

आलेलाई पर्यटनमन्त्री किराँतीको जवाफ : बारुदको पहाडमा उभिएर सलाइ नखेलाउँदा राम्रो

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पूर्वपर्यटनमन्त्री प्रेम आलेलाई चेतावनीमुलक जवाफ फर्काएका छन् ।

एकीकृत समाजवादीका सांसद रहेका आलेले बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा अघिल्लो वर्ष अर्थमन्त्रालयमा तार काट्ने मुसा पशुपतिनाथमा छिरेर बहुमूल्य सम्पत्ति चोर्दासमेत पर्यटनमन्त्री र कोषाध्यक्ष निदाएर बसेको आरोप लगाएका थिए ।

यसैगरी उनले गोठाटारको ३१ रोपनी जग्गा विचौलियासँगको मिलेमतोमा अपचलन गरिएको, विगत ३ महिनामा नेपाल वायुसेवा निगमले ४ अर्ब नाफा कमायो भनेर झुठो बोलेको समेत आरोप लगाएका थिए ।

आलेको उक्त आरोपप्रति आक्रोसित भएका मन्त्री किराँतीले उनको नाम नै नलिइ बारुदको पहाडमा उभिएर सलाइ नखेलाउँदा राम्रो हुने चेतावनी दिएका छन् ।

‘बारुदको पहाडमा उभिएर सलाइ नखेलाउँदा राम्रो । म धेरै कुरा जान्दिनँ, देश र जनताको लागि राम्रो काम गर्नु पर्छ भन्ने मात्र जान्दछु’, उनले भने, ‘पुर्खाले भन्थे, आफ्नो शरीरमा हात्ती बोकेर अर्काको आङको जुम्रा नटिप्नू !’

सत्ता गठबन्धनका वरिष्ठ नेता रहेका यी दुईबीचको जुहारीले प्रतिपक्ष सांसदहरूलाई समेत माथ ख्वाएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष