NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

माछापुच्छ्रे बैंकलाई ‘इन्फोसिस फिनाकल इनोभेसन’ अवार्ड

काठमाडौं । माछपुच्छ्रे बैंक लिमिटेडले ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड–२०२३’ पाएको छ । ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३–म्याक्सिमाइजिङ कस्टमर इन्गेजमेन्ट गोल्ड’ पुरस्कारबाट बैंक सम्मानित भएको जनाइएको छ ।

बहुराष्ट्रिय सूचना प्रविधि कम्पनी इन्फोसिस फिनाकल भारत र बंगलादेशले प्रदान गर्ने अवार्ड हो ।

दुई वर्षमा डिजिटल सेवालाई निरन्तर परिस्कृत गर्नुका साथै उक्त सेवालाई सुरक्षित बनाउन नवीनतम कदमहरू चालेको बैंकले जनाएको छ ।