कार्यसूचीबाट हटाइयो पर्यटन मन्त्रालयको शीर्षकमाथिको छलफल

काठमाडाैं । विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको जारी छलफलअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफल कार्यसूचीबाट हटाइएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (एमाले) का सचेतक महेश बर्ताैलाले शीर्षकमा प्रदेशको नामको सट्टा अङ्क उल्लेख भएको भन्दै नियमापत्ति जनाउनुभयो । सचेतक बर्ताैलाको नियमापत्तिका सन्दर्भमा सभामुख देवराज घिमिरले पर्यटनमन्त्री सुदन किरातीलाई सोबारे स्पष्ट पार्न समय दिएका थिए ।
बैठकमा पर्यटनमन्त्री किरातीले उल्लेख भएका अङ्क सच्याइ प्रदेशको नाम राख्ने बताउनुभयो । तर सचेतक बर्ताैलाले सो विषय गम्भीर भएको र नसच्याएसम्म बैठक अघि बढन् नहुने तर्क गरेपछि सभामुख घिमिरेले आजको छलफलबाट उक्त मन्त्रालयको नाम सूचीबाट हटाई बैठक नियमित सञ्चालन भइरहेको छ ।
ताजा अपडेट
-
नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
प्रतिक्रिया