कार्यसूचीबाट हटाइयो पर्यटन मन्त्रालयको शीर्षकमाथिको छलफल
काठमाडाैं । विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको जारी छलफलअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफल कार्यसूचीबाट हटाइएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (एमाले) का सचेतक महेश बर्ताैलाले शीर्षकमा प्रदेशको नामको सट्टा अङ्क उल्लेख भएको भन्दै नियमापत्ति जनाउनुभयो । सचेतक बर्ताैलाको नियमापत्तिका सन्दर्भमा सभामुख देवराज घिमिरले पर्यटनमन्त्री सुदन किरातीलाई सोबारे स्पष्ट पार्न समय दिएका थिए ।
बैठकमा पर्यटनमन्त्री किरातीले उल्लेख भएका अङ्क सच्याइ प्रदेशको नाम राख्ने बताउनुभयो । तर सचेतक बर्ताैलाले सो विषय गम्भीर भएको र नसच्याएसम्म बैठक अघि बढन् नहुने तर्क गरेपछि सभामुख घिमिरेले आजको छलफलबाट उक्त मन्त्रालयको नाम सूचीबाट हटाई बैठक नियमित सञ्चालन भइरहेको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया