NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

‘आदिपुरुष’ प्रदर्शन गर्न दिए नेपालको राष्ट्रियता र सांस्कृतिक एकतामा अपूरणीय क्षति : बालेन

काठमाडाैं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहले भारतीय चलचित्र ‘आदिपुरुष’ मा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आपत्तिजनक सन्देश नहटाएसम्म काठमाडौ महानगरमा भोलिदेखि कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न नदिने जनाएको छ ।

उनले सामाजिक सञ्जालमा एक स्टाटस राख्दै चलचित्र  ‘आदिपुरुष’ यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभुतीमाथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने भन्दै चलचित्र प्रदर्शन गर्न नदिने जनाएको हो ।

बालेनले बिहिबार मात्रै ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउन हामीले ३ दिन पहिले हटाउन माग गरेको थियो । तर उक्त विवादित वाक्य हटाउनुको सट्टा फिल्मका गीतकार तथा लेखक मनोज मुन्तशीरले सन् १९०३ अघि नेपाल भारतकै अंश रहेको भन्दै विवादस्पद अभिव्यक्ति दिएका छन् ।

मेयर शाहले नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको उल्लेख गर्दे लेखेका छन्,  उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभुती माथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिन्छ । उक्त चलचित्रबाट नेपाल माथि सांस्कृतिक अतिक्रमण भएको हुँदा यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।’