NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

आज घोषणा हुँदै समाजवादी मोर्चा

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रसहित ४ दल सम्मिलित समाजवादी मोर्चा आज घोषणा हुने भएको छ ।

माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी र विप्लव नेतृत्वको नेकपा सम्मिलित समाजवादी मोर्चा सोमबार गठन हुन लागेको हो ।

मोर्चामा यसअघि बाबुराम भट्टराई र वामदेव गौतम पनि सामेल हुने चर्चा थियो । तर उनीहरू भने सहभागी नहुने भएका छन् । मोर्चा गठनमा तयार देखिएका दलले छुटेका बाँकीलाई आगामी दिनमा सामेल गर्दै अघि बढ्ने जनाएका छन् ।

मोर्चाको औपचारिक घोषणाका लागि सोमबार दिउँसो ३ बजे राष्टि«यसभामा कार्यक्रम आयोजना गरिएको छ । मोर्चामा आबद्ध सबै दलले आफ्ना कार्यकर्तालाई उक्त सभामा सहभागी हुन अपिल गरेका छन् ।

संसदमा मोर्चा आबद्ध दलतर्फबाट प्रतिनिधित्व गर्ने सांसदको संख्या ५६ छ । कांग्रेस र एमाले मिलेको अवस्थाबाहेकमा मोर्चा सम्मिलित दल बेगर सरकार गठन हुन सक्नेछैन । त्यसैले मोर्चा गठन भएसँगै प्रचण्ड र यसमा सम्मिलित दल थप शक्तिशाली हुने ठानिएको छ् ।

पार्टी एकता गर्ने दीर्घकालीन उद्देश्यसहित गठन गर्न लागिएको मोर्चाको नेतृत्व सम्मिलित दलले आलोपालो प्रणालीअनुसार गर्ने सहमति यसमा सामेल दलबीच भएको छ ।

मोर्चाले संसदभित्र र बाहिर समाजवादी विचारधारको प्रचार गर्ने तथा समाजवादका पक्षमा जनमत निर्माण गर्ने मूल उद्देश्य लिएको छ ।

 

 

ताजा अपडेट

नेपालवाच विशेष