NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

ठोक् र मार भन्दै हाम्रा बच्चा बिग्रिए, पब्जी बन्द गरियोस्– सांसद चौधरी

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का सांसद राम प्रकाश चौधरीले पब्जी खेल बन्द गरिनुपर्ने माग गरेका छन्।

आज प्रतिनिधि सभा बैठकमा बोल्दै उनले बालबालिकाहरू बिग्रिएका कारण उक्त खेल बन्द गराइनुपर्ने बताएका हुन् । ‘यो पब्जी गेम तुरुन्तै बन्द गरियोस् । आज हाम्रो बालबालिकाहरू ठोक्–ठोक्, मार भन्दै पागलजस्ता भएका छन् । त्यसैले यो पब्जी गेम तुरुन्त बन्द गरियोस्,’ उनले भने ।

उनले मधेशमा जनताले भारतीय सिमानाबाट सामान ल्याउँदा पाउनुपर्ने समस्या पनि संसदमा उठाएका छन् । मधेशको बार्डरमा सय रुपैयाँको सामान ल्याउँदा पनि जफत हुने हुँदा त्यहाँका जनताले सास्ती भएको उनले बताए ।

विवाह, व्रतबन्, पूजाआजा तथा मृत्युकार्यमा सम्बन्धित विषयको कार्ड देखाएर सामान ल्याउने चलन भएको र यो चलन नरोक्न उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष