ठोक् र मार भन्दै हाम्रा बच्चा बिग्रिए, पब्जी बन्द गरियोस्– सांसद चौधरी
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का सांसद राम प्रकाश चौधरीले पब्जी खेल बन्द गरिनुपर्ने माग गरेका छन्।
आज प्रतिनिधि सभा बैठकमा बोल्दै उनले बालबालिकाहरू बिग्रिएका कारण उक्त खेल बन्द गराइनुपर्ने बताएका हुन् । ‘यो पब्जी गेम तुरुन्तै बन्द गरियोस् । आज हाम्रो बालबालिकाहरू ठोक्–ठोक्, मार भन्दै पागलजस्ता भएका छन् । त्यसैले यो पब्जी गेम तुरुन्त बन्द गरियोस्,’ उनले भने ।
उनले मधेशमा जनताले भारतीय सिमानाबाट सामान ल्याउँदा पाउनुपर्ने समस्या पनि संसदमा उठाएका छन् । मधेशको बार्डरमा सय रुपैयाँको सामान ल्याउँदा पनि जफत हुने हुँदा त्यहाँका जनताले सास्ती भएको उनले बताए ।
विवाह, व्रतबन्, पूजाआजा तथा मृत्युकार्यमा सम्बन्धित विषयको कार्ड देखाएर सामान ल्याउने चलन भएको र यो चलन नरोक्न उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।
ताजा अपडेट
-
सुनको भाउ घट्दा चाँदीको बढ्यो
-
२० दिनको बिदापछि इजलास फर्किन् न्यायाधीश मल्ल
-
सुनकोशी-मरिण डाइभर्सनको बाँध निर्माणका लागि ठेक्का आह्वान
-
रविले बोलाएको सर्वदलीय बैठक हर्क साम्पाङले गरे बहिष्कार
-
शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो


प्रतिक्रिया