NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

पूर्वको बाढीपहिरो निरीक्षणमा प्रधानमन्त्री (फोटो फिचर)

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणका लागि सङ्खुवासभाको तुम्लिङ्टार पुगेका छन् ।

सोमबार प्रधानमन्त्री दाहाल,  उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, सहरी विकासमन्त्री सीता गुरुङ, सांसद योगेश भट्टराई, लगायत निरीक्षणका लागि उक्त स्थान पुगेका हुन् ।

प्रधानामन्त्री दाहालले प्रमुख जिल्ला अधिकारीसँग जिल्लामा राहत र उद्धारका लागि भइरहेका गतिविधिबारे जानकारी लिएका थिए ।

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, गृह मन्त्रालयका विपत् हेर्ने प्राविधिक इञ्जिनियर र प्रधानमन्त्री कार्यालयका विपत् हेर्ने अधिकृत पनि उनका साथमा छन् । प्रधानमन्त्री दाहालले आजै बाढीपहिरो प्रभावित ताप्लेजुङ र पाँचथरको अवस्थाबारे जानकारी लिनेछन् ।

फोटो फिचर :