NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

इसेवामार्फत पहिलोपटक कारोबार गर्दा आइफोन १४ जित्ने अवसर 

काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवाले पहिलोपटक कारोबार गर्दा आइफोन १४ जित्न सकिने अफर सार्वजनिक गरेको छ।

नयाँ तथा अकाउन्ट भएर पनि हालसम्म कारोबार नगरेका ग्राहकलाई लक्षित गर्दै इसेवाले पहिलोपटक कारोबार गर्दा भाग्यशाली एकजना विजेताले आइफोन १४ र १० प्रतिशत क्यासब्याक जित्न सकिने अफर सार्वजनिक गरेको हो।

यस योजनामा सहभागी हुन ‘सेन्ड मनी’बाहेक पहिलोपटक कुनै पनि किसिमको शुल्क भुक्तानी वा कारोबार गरेको हुनुपर्नेछ। यसका साथै यस योजनामा प्रोमोकोड ‘फर्स्ट१०’ प्रयोग गरेर आफ्नो पहिलो कारोबारमा १० प्रतिशत (२० सम्म)को क्यासब्याकसमेत पाउन सकिनेछ।

इसेवाले सार्वजनिक गरेको यो अफर असार २० गतेसम्म लागू हुनेछ। यस योजनामा सहभागी हुने कुनै पनि अप्रमाणित प्रयोगकर्ताले आइफोनका लागि योग्य हुन असार २० गतेभित्र आफ्नो पहिलो कारोबार पूरा गर्नुपर्नेछ। प्रोमोकोडमार्फत प्राप्त हुने क्यासब्याक रकम २४ घन्टाभित्र सम्बन्धित व्यक्तिको इसेवा अकाउन्टमा जम्मा हुनेछ। भाग्यशाली आइफोन विजेताको घोषणा असार ३० गते इसेवाको फेसबुक पेजबाट मार्फत गरिनेछ।

हाल इसेवाको सेवा एन्ड्रोइड तथा आईओएस मोबाइलमार्फत करिब ७० लाख ५० हजार ग्राहकले सेवा लिइरहेका छन्।यसैगरी देशभर रहेका २ लाखभन्दा बढी एजेन्टमार्फत अप्रत्यक्ष रुपमा डेढ करोडभन्दा जनसंख्याले सेवा लिइरहेका छन्।

इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, विभिन्न सरकारी कार्यालयको शुल्क भुक्तानी, हवाईजहाज, बसको टिकट, स्कुल तथा कलेजको शुल्क सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ।