उपप्राध्यापक चलाउनेमाथि कुटपिट गर्नेलाई नछाड्न रास्वपाको चेतावनी

काठमाडौं । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले त्रिविका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्नेविरूद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्।
विश्वविद्यालय परिसरमै मरणासन्न हुने गरी कुटपीट गर्नेहरूमाथि लगाइएको मुद्दा समेत फिर्ता लिने कहाँको न्याय हो भन्दै उनले आक्रोस पोखे । मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले पीडितलाई न्याय र पीडकलाई कडाभन्दा कडा न्याय दिन आग्रह गरे ।
‘विश्वविद्यालयजस्तो क्षेत्रमा त्यसरी गुण्डागर्दी शैलीमा मरनासन्न हुने गरी कुटनेहरूलाई नछोडौं’, उनले भने, ‘म सम्माननीय सभामुखमार्फत नेपाल सरकारको गृहमन्त्रीलाई अनुरोध गर्न चाहन्छु। कृपया, यो गल्तीलाई सच्याउनुस्। पीडितलाई न्याय दिनुस् ।
२०७७ सालमा विश्वविद्यालय परिसरभित्रै एटिएममा पैसा झिक्न लाग्दा नेविसंघका कार्यकर्ताले चलाउनेलाई मरणासन्न हुनेगरी कुटपीट गरेका थिए । जेठ ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले ज्यान मार्नेसम्बन्धी उक्त मुद्दा फिर्ता लिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयले आफूलाई अन्याय भएको भन्दै उपप्राध्यापक चलाउने अनसनमा बसेका छन् ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया