NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ३० गते

बझाङ गाडी दुर्घटना अपडेट  :  २ जनाको मृत्यु

काठमाडौं । मंगलबार बझाङमा भएको गाडी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । अध्यक्ष बझाङ केदारस्युँ गाउँपालिकाका १ का वडाअध्यक्ष वीर वहादुर भण्डारीले २ जनाको मृत्यु भइसकेको बताएका हुन् ।

उनका अनुसार मृत्यु हुनेमा सुदूरपश्चिम सरकारका आन्तरिक मामिला, कानुन मन्त्री पृथ्वीबहादुर सिंहका श्रीमती अमृता सिंह र भाउजु जयादेवी सिंह रहेका छन् । मन्त्री सिंहको अवस्था भने गम्भिर रहेको छ। उनलाइ थप उपचारको लागि नेपालगञ्ज लगिएको  प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए ।

डडेल्धुराबाट चैनपुर जाने क्रममा मन्त्री सवार सु प प्र ०१–००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा दुर्घटना भएको हो ।