बझाङ दुर्घटना अपडेट : कानुनमन्त्री सिंहको मृत्यु
काठमाडौं । बझाङमा गाडी दुर्घटना भएर गम्भीर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ ।
बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा उनको मृत्यु भएको हो । यसअघि दिउँसो अस्पताल लैजादै गर्दा उनकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको पनि मृत्यु भएको थियो ।
डडेल्धुराबाट चैनपुर जाने क्रममा मन्त्री सवार सु प प्र ०१–००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा दुर्घटनामा परेको थियो ।
ताजा अपडेट
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने
-
विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी


प्रतिक्रिया