प्रचण्ड र विप्लवबीच पार्टी एकताबारे छलफल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ । चार दल सम्मिलित समाजवादी मोर्चा गठनको केही दिनपछि दुई नेताबीच भेटवार्ता भएको हो ।
प्रधानमन्त्री प्रचण्डको सचिवालयले समाजवादी मोर्चालाई प्रभावकारी बनाउनेबारे दुईबीच बिहीबार बिहान छलफल भएको जनाएको छ । जनयुद्धका यी सहकर्मीबीच माओवादी आन्दोलनको उपलब्धि रक्षा र पार्टी एकताबारे पनि गम्भीर छलफल भएको प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् ।
‘समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने र माओवादी आन्दोलनको उपलब्धिको रक्षा र पार्टी एकताबारे गम्भीर छलफल भएको छ,’ दाहालले सामाजिक सञ्जालमा लेखेकी छन् ।
प्रचण्डको नेतृत्वमा ०५२ देखि १० वर्षसम्म सञ्चालित जनयुद्धमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका विप्लव शान्ति प्रक्रियापछि मूल नेतृत्वले धोका दिएको आरोप लगाउँदै अलग पार्टी खोलेर क्रियाशील भएका थिए । हिंसात्मक गतिविधि गरेपछि बीचमा उनको पार्टीमाथि सरकारले प्रतिबन्धसमेत लगाएको थियो । प्रतिबन्ध फुकुवापछि मूलधारको राजनीतिमा फर्किएका विप्लव क्रान्ति र विद्रोहका नारा छाडेर नरम देखिन थालेका छन् ।
ताजा अपडेट
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने
-
विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी


प्रतिक्रिया