ब्याज नलाग्ने गरी किस्ताबन्दीमा सामसङका स्मार्टफोन किन्न सकिने
काठमाडाैं । सामसङले शून्य प्रतिशत ब्याजदरको वित्तीय सुविधासहित स्मार्टफोन खरिद गर्न सकिने सुविधा सार्वजनिक गरेको छ । यसससँगै अब ग्राहकहले शून्य प्रतिशत ब्याजदरमा सामसङका स्मार्टफोन खरिद गर्न पाउने भएका छन् ।
यो योजना २५ हजार रुपैयाँभन्दा बढी मूल्यका सामसङ स्मार्टफोन खरिद गर्ने ग्राहकहरूका लागि लागू हुने कम्पनीले जनाएको छ ।
यसका लागि कुनै क्रेडिट कार्डको आवश्यक नपर्ने कम्पनीले जनाएको छ । किस्ताबन्दीमा फोन लिनका लागि आवेदकको नागरिकता प्रमाणपत्र, र फोटो, ग्यारेन्टर बस्नेको नागरिकता प्रमाणपत्र र फोटो तथा आवेदकको आयस्रोत खुलेको पत्र भने आवश्यक पर्नेछ ।
साथै ग्राहकले ४० प्रतिशत अग्रिम भुक्तानी तिर्नुपर्नेछ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया