अदालतलाई मेयर बालेनको चुनौती : जुनसुकै सजाय भोग्न तयार छु, आदेश मान्दिनँ
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले भारतीय फिल्म रोक्न उच्च अदालतले दिएको आदेश नमान्ने बताएका छन् ।
हिन्दी फिल्म चल्न नदिने काठमाडौं महानगरको निर्णयविरूद्ध चलचित्र संघले हालेको रिटमा उच्च अदालत पाटनले बिहीबार अन्तरिम आदेश दिएको थियो । सोही आदेश अवज्ञा गर्ने उनले सामाजिक सञ्जाल फेसबुकबाट जानकारी गराएका हुन् ।
‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन ।फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनी सकेपछि उनिहरुको नियत थाहा हुन्छ’, उनले लेखेका छन्, ‘यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो , अदालत र सरकार भारत को गुलाम भएको बुजिन्छ ।’
उनले अदालतको अवज्ञा गर्दा जुन सुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न नदिइने अडान लिएका छन् । मेयर बालेन शाह, नगर प्रहरी, गृह मन्त्रालय र सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयलाई विपक्षी बनाएर संघले मुद्दा दायर गरेको थियो ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया