NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २५ गते

जेलमा रहेका खाँणप्रति कांग्रेस नेताको सद्भाव, परराष्ट्र मन्त्रीले पनि भेटे

काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्नको आरोपमा पुर्पक्षका लागि जेल चलान  कांग्रेस नेता बालकृष्ण खाँणलाई सो पार्टीका नेताहरूले अतिश्य सद्भाव देखाउन थालेका छन् । यही क्रममा परराष्ट्र मन्त्री एनपी साउदले पनि संगठित अपराधका आरोपी खाँणलाई कारागार पुगेर भेटेका छन् ।

कांग्रेस नेतासमेत रहेका परराष्ट्रमन्त्री साउदले शुक्रबार बिहान १० बजे केन्द्रीय कारागार, सुन्धारा पुगेर खाँणलाई भेटेका हुन् ।

कारागार स्रोतले बिहान १० बजे त्यहाँ पुगेका साउदले करिब आधा घण्टा खाँणसँग कुराकानी गरेको जनाएको छ ।

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर गत असार १ गते जिल्ला अदालत, काठमाडौंको आदेशमा खाँण पुर्पक्षका लागि कारागार चलान भइसके पनि कांग्रेसले उनलाई अझै पार्टीबाट निलम्बन गरेको छैन ।सोही आरोपमा पक्राउ परेर कारागारमा रहेका टोपबहादुर रायमाझीलाई एमालेले पक्राउको केही समयपछि नै निलम्बन गरे पनि कांग्रेस नेताहरूले खाँणप्रति सद्भाव देखाउँदै जेलमै गएर भेटघाट गर्न थालेका छन् । यसअघि कांग्रेसकै सहमहामन्त्री भीष्मराज आङ्दाम्बे र महेन्द्र यादवले पनि कारागार पुगेर खाँणलाई भेटेका थिए । ठगीको अभियोगपछि खाँणलाई  तारन्तार भेट्नेमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी पनि पर्छन् । बुधबार मात्रै उनले कारागार पुगेर खाँणसँग भलाकुसारी गरेको कारागार स्रोतले जनाएको छ ।

खाँणलाई निलम्बन गर्न पार्टी नेतृत्वले उदासीनता देखाउनु र पार्टीका नेताले तान्तार कारागार पुगेर उनलाई भेट्नुले भ्रष्टाचार र कुशासनप्रतिको कांग्रेसको  धारणा के हो भन्ने प्रश्न उब्जाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष