पत्नी राधिकासँग करेसाबारीमा यसरी झुल्किए ओली

काठमाडौं । मंसिरको पहिलो हप्ता एमाले अध्यक्ष केपी ओलीले किचेनमा पत्नी राधिकासँग साग केलाएको तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भयो ।
उनको तस्बिरलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भएपनि राजनीतिबाहेक ओली फूर्सदको समयमा परिवारलाई साथ दिन्छन् भन्ने सन्देश उनले प्रवाह गरेका थिए ।
त्यस्तै मिसन ग्रासरूट अभियानअन्तर्गत पत्नीसँग देशका विभिन्न भागमा ओलीले खिचेको सेल्फी निकै भाइरल भयो ।पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली जीवनको उत्तरार्धमा उनी धर्मपत्नीसँग रोमान्चित जीवन बिताइरेका छन् । श्रीमानको खुशीमा पत्नी शाक्यले पनि खानपान, जीवनशैली र सक्रिय जीवन विताउन निकै साथ र हौसला दिएकी छिन् । समकालिन नेताहरूमध्ये हरेक विषयमा भिन्न शैलीमा प्रस्तुत हुने ओलीको विशेषता रहेको छ ।
उनी आफ्ना विरोधीसँग निकै आक्रामक रूपमा प्रस्तुत हुन्छन्, शुवेच्छुक र शुभचिन्तकका विषयमा खुलेरै बचाउमा लाग्छन् । ओली बाहिरबाट हेर्दा जति कडा, आक्रामक देखिन्छन्, भित्र त्यति नै रोमान्टिक र सहयोगी छन् ।
शुक्रबार ओलीले पत्नी राधिकासँग करेसाबारीमा फर्सिका मुन्टा टिपेको भिडियो फेसबुकमा राख्दै कृषिलाई निर्वाह होइन, कमाइको रूपमा अघि बढाऔँ भन्ने सन्देश प्रवाह गरे ।
‘मानव जीवन र जीविकाका लागि कृषि अनिवार्य छ । त्यसैले कृषिमा आधुनिकता, रोजगारीमुखि र उद्यमशिलता अनिर्वाय छ’, उनले भने ।
करेसाबारीमा बसेर ४६ सेकेन्डको भिडियो क्लिप बनाएका उनले असार १५ गते धान दिवसको अवसरमा चितवनमा भेट्न आग्रह गरे ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया