जनताका मुद्दा ओझेलमा परे : सभापति लामिछाने
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं संसदीय दलका नेता रवि लामिछानेले सरकार अल्मलिँदा जनताको मुद्दा ओझेलमा परेको बताएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा विभिन्न मन्त्रालयअन्र्तगत विनियोजित बजेटमाथिको छलफलमा उहाँले सरकारले मुलुकको महत्त्वपूर्ण विषय ओझेलमा परेको बताए ।
उनले सरकार मुलुकको महत्त्वपूर्ण कुरामा केन्द्रित रहनेभन्दा पनि सरकार टिकाउनमा बढी अलमलिएको आरोप लगाए । उनले नक्कली भुटानी शरणार्थी प्रकरणका लागि विशेष समितिको माग गरे । सांसद लामिछानेले तरकारीको विषादी परीक्षण गर्न माग गरे ।
बजेटमा संशोधन हुनुपर्नेमा जोड दिँदै उनले भने, ‘सत्तारुढ दलका सांसदले नै बजेट ठीक छैन भन्नुभएको छ । तर सरकारमा सहभागी भएका आधारमा पास गर्नुपर्छ भन्ने संस्कार गलत छ, सच्याइयोस् ।’ उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानआर्कषण गराउँदै बढ्दो कालोबजारी र खुल्ला सीमामा बढ्दो तस्करी नियन्त्रण गर्नुपर्ने माग गरे ।
नेपाल प्रहरीको स्वच्छिक अवकासका विषयमा सुझाव प्रस्तुत गर्दै उनले भने, ‘प्रहरी जवान र हवल्दारको स्वच्छिक अवकासलाई १६ वर्षे गरिनुपर्छ । जुनीयर अधिकृतहरुको १८ वर्षे र सिनीयर अधिकृतको २० वर्षे गरिनुपर्छ । २० वर्षपछि मात्र पेन्सन पाउने व्यवस्था गरिनुपर्छ ।’ उनले आर्थिक अवस्थाको वास्तविक मूल्याङ्कनबाट राजस्व प्रक्षेपण गरी संशोधन प्रस्ताव ल्याउन अनुरोध गरे ।
ताजा अपडेट
-
सुनको भाउ घट्दा चाँदीको बढ्यो
-
२० दिनको बिदापछि इजलास फर्किन् न्यायाधीश मल्ल
-
सुनकोशी-मरिण डाइभर्सनको बाँध निर्माणका लागि ठेक्का आह्वान
-
रविले बोलाएको सर्वदलीय बैठक हर्क साम्पाङले गरे बहिष्कार
-
शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो


प्रतिक्रिया