चित्त बुझ्नेगरी काम नगरे सरकार फेरिन सक्छ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस, माओवादी केन्द्रलगायत दल सम्मिलित प्रचण्ड नेतृत्वको सरकारले चित्त बुझ्ने गरी काम नगरे जुनसुकै बेला परिवर्तन हुनसक्ने बताएका छन् । काठमाडौं–४ को नेपाली कांग्रेस क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकार र गठबन्धन बदलिनु सामान्य प्रक्रिया भएको बताए ।
‘अहिले हामी एउटा गठबन्धनमा छौं । यसले चित्त बुझ्ने गरी काम गरेन भने यो बदलिन्छ । नयाँ सरकार बन्छ । यो कुनै नयाँ कुरा भएन । सामान्य प्रक्रिया हो,’ उनले भने ।
नेकपा एमाले र कांग्रेसका दोस्रो तहका नेता वर्तमान समीकरण परिवर्तनका लागि संवादमा जुटेको समाचारहरू प्रकाशमा आइरहेका बेला कांग्रेसका प्रभावशाली नेता थापाले सरकार र गठबन्धनबारे यस्तो बताएका हुन् । तर उनले सरकारले चित्तबुझ्दोसँग काम गरिरहेको छ या छैन भन्नेबारे भने केही खुलाएनन् ।
महामन्त्री थापाले कम्युनिस्ट घटक दलहरूले निर्माण गरेको समाजवादी मोर्चाले कांग्रेसलाई केही फरक नपर्ने प्रष्ट पारे । मोर्चाभन्दा बाहिर रहेको एमाले त्यसमा गएर मिसिए पनि हुने उनको भनाइ छ ।
हालै माओवादी केन्द्रको नेतृत्वमा विप्लवसहितका चार दल सम्मिलित समाजवादी मोर्चा गठन भएको छ ।
थापाले कुनै पनि दलसँग गठबन्धन नगरी कांग्रेसले आगामी निर्वाचन लड्नुपर्ने दोहोर्याए । सरकार छाड्नुपर्ने अवस्था बने पनि कांग्रेस यसबाट पछि हट्न नहुने शर्माको मत छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया