पुटिन र वाग्नर समूहबीच सम्झौता, ट–यो रुसको सम्भावित संकट
काठमाडौं । विद्रोहको चेतावनी दिएको वाग्नर समूहले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्झौता गरेको छ । योसँगै यो समूहका प्रमुख येभगेनी प्रिगोजिनले देश छाड्ने निर्णय गरेका छन् ।
रुसी सरकारी मिडियाका अनुसार वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिन बेलारुस जानेछन्। बेलारुस रूसको सहयोगी हो।
रिपोर्टहरू अनुसार, रक्तपात रोक्नको लागि येवगेनी प्रिगोजिन र उनका लडाकुहरू विरुद्धको आरोपहरू हटाइनेछ।
शनिबार वाग्नर समूहले ‘विद्रोह’को दाबी गर्दै रोस्तोब शहरमाथि नियन्त्रण जमाएर मस्कोतर्फ अघि बढेको बताएको थियो।
तर रातको समयमा प्रिगोजिनले आफ्नो मार्च रोकेका छन् र लडाकुहरू आफ्नो बेसतर्फ फर्किरहेका छन्।
रोस्तोभ सहरबाट फर्किने क्रममा आएका तस्बिरमा स्थानीय मानिसहरूले लडाकुलाई अँगालो हालेर बिदाइ गरेको देखिन्छ ।
रसिया २४ न्यूज च्यानलका अनुसार बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासोकोले येभगेनी प्रिगोजिनसँग कुरा गरेपछि उनले आफ्ना लडाकुहरूलाई राजधानीतर्फ जानबाट रोकेका थिए।
प्रिगोजिन आफ्ना लडाकुहरूको मार्च रोक्न र अवस्था बिग्रनबाट रोक्न सहमत भएका छन्।


प्रतिक्रिया