मेयर शाहविरुद्ध अवहेलनाको मुद्दा दर्ता

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ ।
मेयर शाहले अदालतको अवहेलना गरेको र उनलाई कारवाही हुनुपर्ने भन्दै अधिवक्ता वर्षाकुमारी झाले सो निवेदन दर्ता गरेकी हुन् । केही दिनअघि मेयर शाहले भारतीय फिल्म रोक्न उच्च अदालतले दिएको आदेश नमान्ने भन्दै अदालतको आलोचना गरेका थिए ।
प्रतिक्रिया