भीमदत्त नगरपालिकाका पूर्वमेयरसहित १२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । कञ्चनपुरस्थित भीमदत्त नगरपालिकाका तत्कालिन मेयर सुरेन्द्र बहादुर बिष्टसहित १२ जनाविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूविरूद्ध आज आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
प्रतिवादीहरूले आर्थिक वर्ष २०७७/०७८ मा नदीजन्य पदार्थको ठेक्कामा नियमविपरित छुट दिएको अनुसन्धानमा देखिएको हो ।
यस विषयमा आयोगमा परेको उजुरीमाथि छानविन हुँदा तत्कालिन मेयर विष्ट, तत्कालिन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्टले ३ करोड ३३ लाख २२ हजार ५८३ बराबरको राजश्व चुहावट गरेको पाइएको हो।
विष्ट र भट्टलाई सोही रकमको दोब्बर जरिवानासहतिको सजाय माग गरिएको छ । त्यस्तै, भवानी कन्स्ट्रक्सनले कबोल गरेको अंकलाई आधार नलिई झुटो अंक कायम गरी कम राजस्व निर्धारण गरेकोमा नि.प्रमुख प्रशासकीय अधिकृत जोशीलाई दुई करोड ११ लाख ६५ हजार ६०७ रुपैयाँको दोब्बर जरिवाना कायम गरी मुद्दा दायर गरिएको छ ।
मुद्दा दायर हुनेमा तत्कालिन वडा नं १७ का वडाध्यक्ष हिमाल बहादुर चन्द, प्रशासकीय अधिकृत हरि सिंह धामी, शाखा अधिकेत नर बहादुर शाह, राजस्व छुट कार्यदलका सदस्य इन्जिनियर हिमालय सिंह ऐर र गोबिन्द राज उपाध्यायायल, भवानी कन्स्ट्रक्सन प्रा.लिका सञ्चालकहरू केशवराज भट्ट, पुष्पराज भट्ट, भवानी कन्स्ट्रक्सनका आधिकारिक प्रतिनिधि दिवाकर भट्ट। इश्वरी प्रसाद भट्ट, खगेश्वरी भट्ट रहेका छन् ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया