अफगानिस्तानमा २१ जना अपराधी पक्राउ
एजेन्सी । अफगानिस्तानको प्रहरीले शनिबार अफगानिस्तानका ३४ प्रान्तमध्ये छ वटा प्रान्तबाट आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा २१ जनालाई पक्राउ गरेको छ ।
आन्तरिक मामिला मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै पक्राउ परेका हत्या, डकैती, किर्ते, चोरी, लागुऔषध ओसारपसार र देशमा शान्ति सुरक्षा खलबल पार्नेजस्ता गैरकानुनी गतिविधिमा संलग्न रहेको जनाएको छ ।
यस्तै कारबाहीमा प्रहरीले गत हप्ता कुन्दुज, बल्ख, तखार, हेरात, समङ्गन, काबुल र कान्दाहार प्रान्तमा ८० जना अपराधीलाई पक्राउ गरेको थियो । अफगानिस्तानको सरकारले देशमा शान्ति र सुव्यवस्था सुनिश्चित गर्नका लागि आपराधिक तत्वमाथि कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया