NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव ढकालविरुद्ध १ करोड ४४ लाखको भ्रष्टाचार मुद्दा दायर

काठमाडाैं । पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदिप ढकालविरुद्ध १ करोड ४४ लाखको भ्रष्टाचार मुद्दा दायर गरेको छ । सोमबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीविरूद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

डा. ढकालले गैरकानुनी सम्पति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

डा. प्रदिप ढकालविरूद् पदमा वहाल रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी आयोगमा परेको थियो । सो उजुरीको आधारमा उनीमाथि अनुसन्धान हुँदा ढकालले भ्रष्टाचार गरेको खुलेको हो ।

गैरकानूनी रूपमा सम्पति आर्जन गरी प्रचलित भ्रष्टाचार गरेकाले उनीविरूद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख बमोजिम बिगो र जरिवाना जफतसहित आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।