पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव ढकालविरुद्ध १ करोड ४४ लाखको भ्रष्टाचार मुद्दा दायर
काठमाडाैं । पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदिप ढकालविरुद्ध १ करोड ४४ लाखको भ्रष्टाचार मुद्दा दायर गरेको छ । सोमबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीविरूद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
डा. ढकालले गैरकानुनी सम्पति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
डा. प्रदिप ढकालविरूद् पदमा वहाल रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी आयोगमा परेको थियो । सो उजुरीको आधारमा उनीमाथि अनुसन्धान हुँदा ढकालले भ्रष्टाचार गरेको खुलेको हो ।
गैरकानूनी रूपमा सम्पति आर्जन गरी प्रचलित भ्रष्टाचार गरेकाले उनीविरूद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख बमोजिम बिगो र जरिवाना जफतसहित आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन



प्रतिक्रिया