कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने तयारी

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असार १४ गते विश्वासको मत लिने तयारी गरेका छन् ।
सत्तासाझेदार दल माओवादी केन्द्रले २३ जेठमा समर्थन फिर्ता लिएपछि अल्पमतमा रहेका कार्कीले दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् । विश्वसको मत लिनकै लागि उनले विशेष अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेका छन् ।
सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट अल्पमतमा पर्ने देखिएपछि जेठ ३२ गते चालु अधिवेशन अन्त्य गरी अध्यादेशमार्फत बजेट ल्याएका थिए । संविधान अनुसार सत्ता नेतृत्व दल विभाजित भए वा सत्ता साझेदार दलले विश्वासको मत फिर्ता लिए एक महिनाभित्र संसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको छ ।
अहिले कार्की नेतृत्वको सरकारलाई राप्रपाले मात्र साथ दिएको छ । ९३ सदस्य प्रदेश सभामा बहुमतका लागि ४७ सदस्य चाहिन्छ । जसमा एमालेको ४० र राप्रपाको ६ गरी ४६ सिट रहेको छ । त्यस्तै विपक्षी गठबन्धनमा सभामुखसहित ४७ मत रहेको छ । संसदमा बराबरी भएको अवस्थामा मात्र सभामुखले मतदान गर्न पाउँछन्
ताजा अपडेट
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
-
विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आइएमई बैंककाे वृहत् बृक्षारोपण कार्यक्रम आयोजना
प्रतिक्रिया