कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने तयारी
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असार १४ गते विश्वासको मत लिने तयारी गरेका छन् ।
सत्तासाझेदार दल माओवादी केन्द्रले २३ जेठमा समर्थन फिर्ता लिएपछि अल्पमतमा रहेका कार्कीले दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् । विश्वसको मत लिनकै लागि उनले विशेष अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेका छन् ।
सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट अल्पमतमा पर्ने देखिएपछि जेठ ३२ गते चालु अधिवेशन अन्त्य गरी अध्यादेशमार्फत बजेट ल्याएका थिए । संविधान अनुसार सत्ता नेतृत्व दल विभाजित भए वा सत्ता साझेदार दलले विश्वासको मत फिर्ता लिए एक महिनाभित्र संसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको छ ।
अहिले कार्की नेतृत्वको सरकारलाई राप्रपाले मात्र साथ दिएको छ । ९३ सदस्य प्रदेश सभामा बहुमतका लागि ४७ सदस्य चाहिन्छ । जसमा एमालेको ४० र राप्रपाको ६ गरी ४६ सिट रहेको छ । त्यस्तै विपक्षी गठबन्धनमा सभामुखसहित ४७ मत रहेको छ । संसदमा बराबरी भएको अवस्थामा मात्र सभामुखले मतदान गर्न पाउँछन्
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया