पाँच वर्षसम्म यही सरकारले नेतृत्व गर्ने प्रचण्डको दाबी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सत्ता गठबन्धन पाँच वर्षसम्म टिक्ने दाबी गरेका छन् ।
सरकारको आयुको सम्बन्धमा मिडियामा चर्चा भएपनि आफू नेतृत्वको सरकारले नै विकास र समृद्धिको यात्रा तय गरेकाे उनले बताए । ‘पाँच वर्ष यो गठबन्धन केही हुनेवाला छैन, यही गठबन्धनको नेतृत्वमा देश विकासको युगतर्फ जानेछ’, धादिङको गजुरीस्थित आदर्श बहुमुखी क्याम्पसको भवन उद्घाटनका क्रममा उनले भने ।
आफ्नो सरकार र गठबन्धनका बारेमा अरुले भन्ने गरेका कुरामा भन्दा पनि राम्रो गर्दै जानेमा आफ्नो ध्यान रहने उनको भनाइ छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया