पाँच वर्षसम्म यही सरकारले नेतृत्व गर्ने प्रचण्डको दाबी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सत्ता गठबन्धन पाँच वर्षसम्म टिक्ने दाबी गरेका छन् ।
सरकारको आयुको सम्बन्धमा मिडियामा चर्चा भएपनि आफू नेतृत्वको सरकारले नै विकास र समृद्धिको यात्रा तय गरेकाे उनले बताए । ‘पाँच वर्ष यो गठबन्धन केही हुनेवाला छैन, यही गठबन्धनको नेतृत्वमा देश विकासको युगतर्फ जानेछ’, धादिङको गजुरीस्थित आदर्श बहुमुखी क्याम्पसको भवन उद्घाटनका क्रममा उनले भने ।
आफ्नो सरकार र गठबन्धनका बारेमा अरुले भन्ने गरेका कुरामा भन्दा पनि राम्रो गर्दै जानेमा आफ्नो ध्यान रहने उनको भनाइ छ ।
ताजा अपडेट
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
हैजा रोग नियन्त्रणका लागि काठमाडौँ महानगर क्षेत्रमा जनचेतनामूलक कार्यक्रम
-
नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह
-
हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध
-
कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
प्रतिक्रिया