काठमाडौं महानगरले माग्यो ‘प्लस टु’ को शुल्क विवरण

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिकाभित्र सञ्चालित सबै संस्थागत निजी विद्यालयहरूसंग कक्षा ११ र १२ (प्लस २) शुल्क विवरण माग गरेको छ । महानगरपालिकाले एक सूचना जारी गर्दै सबै विद्यालयहरूलाई शुल्क विवरण पेश गर्न अनुरोध गरेको हो ।
महानगरले महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा २७ (९) बमोजिमको विद्यालय व्यवस्थापन समितिको निर्णयसहित शुल्क प्रस्ताव असार मसान्तभित्र काठमाडौं महानगरपालिकाको शिक्षा विभागमा उपलब्ध गराईदिन भनेको छ ।
महानगरको सूचनामा भनिएको छ, ‘कक्षा ११ मा भर्ना गर्ने भर्ना गरिने विद्यार्थीहरुसँग के के शीर्षकमा के कति शुल्क लिने हो ? काठमाडौ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा २७ (९) बमोजिमको विद्यालय व्यवस्थापन समितिको निर्णय सहित शुल्क प्रस्ताव मिति २०८० आषाढ मसान्त भित्र काठमाडौं महानगरपालिकाको शिक्षा विभागमा उपलब्ध गराईदिनु हुन अनुरोध गर्दछौं ।’
ताजा अपडेट
-
भवन निर्माण आयोजनाका इन्जिनियर घुससहित नियन्त्रणमा
-
हिमाल जोगाउनु पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री ओली
-
कक्षा १२ को परीक्षा दिएका विद्यार्थीलाई ब्रोडवेकाे छुट
-
हिमालयले आज जलवायुको सबैभन्दा ठूलो भार बोकेकाे छ : परराष्ट्रमन्त्री
-
संसदीय समितिबाट निजामती विधेयक पास, २ वर्ष कुलिङ पिरियड, उमेर हद ६० वर्ष
प्रतिक्रिया