NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

दैनिक एक पोटी लसुन खाँदा यस्ता रोगको जोखिम कम

एजेन्सी । शताब्दीयौंदेखि हृदय रोगसहित विभिन्न स्वास्थ्य अवस्थामा लसुनको प्रयोग प्राकृतिक उपचारको रूपमा हुँदै आएको छ।

लसुनमा एलिसिन नामक यौगिक हुन्छ, जुन स्वस्थ शरीरका लागि अत्यावश्यक छ । एक अनुसन्धानले देखाएअनुसार लसुनले मुटुको स्वास्थ्य सुधार गर्न मद्दत गर्दछ। तर यसको अधिक सेवन भने हानिकारक पनि हुन सक्छ ।

लसुनमा पाइने एलिसिन तत्वले शरीरको रक्तसञ्चारमा सुधार गर्छ । यसले मुटुलाई स्वस्थ राख्छ र मुटुसम्बन्धी समस्या कम गर्छ ।

लसुनमा पाइने इलास्टिन नामक तत्वले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ । यसबाहेक लसुनमा एल्युमिनियम नामक तत्व पनि पाइन्छ । जुन कोलेस्ट्रोल घटाउन लाभदायिक छ ।

योसँगै यसले शरीरमा जम्मा भएको विषाक्त पदार्थलाई कम गर्छ र हाम्रो मुटुलाई हानी गर्दैन। त्यसैले मुटु रोगीका लागि कोलेस्ट्रोल घटाउन लसुनको प्रयोग निकै फाइदाजनक हुन्छ ।

लसुनमा पाइने सेलेनियम नामक तत्वले हाम्रो थाइराइड ग्रन्थीलाई नियन्त्रण गर्छ ।

यसरी लसुनमा पाइने तत्वले हाम्रो पाचन प्रणालीलाई सुधार्नुका साथै सम्रग शरीरलाई फाइदा पुर्याउँछ ।