काठमाडौं विश्वकै प्रदुषित शहरमा सूचीकृत भएकोमा ओलीको चिन्ता
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्वकै प्रदुषित शहरको सूचीको पहिलो नम्बरमा काठमाडौं परेकोमा चिन्ता व्यक्त गरेका छन् ।
हिजो ट्वीटर स्क्रोल गर्दै जाँदा ‘वर्ल्ड अफ स्टाटस’ भन्ने ट्वीटर ह्यान्डलबाट आएको एउटा ट्वीटमा विश्वकै प्रद्षित शरहको सूचीको पहिलो नम्बरमा काठमाडौंं परेकोमा चिन्ता व्यक्त गरेका हुन् ।
‘विश्वका प्रदुषित शहरको सूचीको पहिलो नम्बरमा हाम्रो काठमाडौंको नाम थियो। ५० लाख भन्दा बढी मानिस बस्ने यस शहरका लागि स्वास्थ्यको दृष्टिकोणबाट यो चिन्ताको विषय हो’, मंगलबार उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘तर यस विषयमा चिन्ताभन्दा बढी चिन्तन गर्नु आवश्यक छ । काठमाडौं महानगर पालिकाका प्रमुख, उपप्रमुखले पनि काठमाडौंलाई यसबाट बचाउन पक्कै केही गर्दै हुनुहुन्छ । यसमा प्रदेश र संघ सरकारहरुको पनि भूमिका आवश्यक छ । यसको लागि हामी सबै मिली यो वा त्यो नभनी तत्काल कदम चालौं । ’
उनले सबैले घर भित्र वा बाहिर वातावरणलाई जीवन्त राख्न आ–आफ्नो ठाउँबाट भूमिका खेल्न आग्रह गरेका छन् । ।प्रदुषणबाट बच्न घर बाहिर निस्कँदा मास्क अनिवार्य लगाउन सचेत गराएका छन् ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया