NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

शिवम् सिमेन्टका कार्यकारी निर्देशक आउट स्ट्यान्डिङ इन्टरनेसनल लिडरसीप अचिभर्स अवार्डबाट सम्मानित

काठमाडाैं । शिवम् सिमेन्टका कार्यकारी निर्देशक रघुनन्दन मारु आउट स्ट्यान्डिङ इन्टरनेसनल लिडरसीप अचिभर्स अवार्डबाट सम्मानित भएका छन् । इन्टरनेशनल अचिभर्स कन्फ्रेन्स द्वारा आयोजित अवार्ड कार्यक्रममा उनी सो अवार्डबाट सम्मानित भएका हुन् ।

मारु शिवम् सिमेन्टको स्थापना काल देखिनै निर्देशकको रुपमा कार्यरत छन् । वितग लामो समय  देखि निरन्तर व्यावसायी क्षेत्रमा सकृय रुपमा परेको तथा कुशल नेत्तृत्वका साथ संस्था संचालनमा अब्बल ब्यक्तित्वको रुपमा पहिचान बनाइसकेका छन् ।

IAC  ले हरेक वर्ष अन्तर्राष्ट्रिय स्तरमा अवार्ड कार्यक्रम गर्दै आईरहेको छ । यस वर्ष दुवईमा १६ औं अवार्ड कार्यक्रम आयोजना गरेको  थियो ।

IAC को प्रमुख लक्ष्य भनेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका औद्योगिक क्षेत्रहरुलाई प्रोत्साह गर्ने, अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने, विभिन्न राष्ट्रका महत्वपुर्ण योगदान पु¥याएका उत्कृष्ट उद्योगीहरुको छनौट गरी पुरस्कार वितरण गर्ने तथा अन्तर्राष्ट्रिय प्रतिनिधीहरु संग समन्वय गराई व्यापार विस्तारको अवसर प्रदान गर्ने जस्ता कार्यहरु गर्दै आईरहेको छ । उक्त कार्यक्रममा राष्ट्रिय स्तरका नेताहरु, सेलिब्रेटी एम्बास्टरहरु, विभिन्न राष्ट्रका उच्च पदाधिकारी लगायत २०० जना भन्दा बढिको सहभागिता रहेको थियो ।

IAC हरेक वर्ष आयोजना गर्ने यस अवार्ड कार्यक्रममा विभिन्न राष्ट्रिका विभिन्न विधामा आफ्नो राष्ट्रिय स्तरका व्यापारिक क्षेत्रमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने उद्योगहरुको छनौट गरी उद्योगको समग्र क्षेत्रको मुल्याङकन, व्यवस्थापन तथा राष्ट्रिय स्तरमा पु¥याएको उत्कृष्ट योगदान आधार छनौट गरी अवार्ड दिने गर्दछ ।