जसपाको विधान अधिवेशन : पार्टी अध्यक्ष यादवले आज जवाफ दिँदै
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन आज समापन हुने भएको छ ।
यही असार १० गते आइतबारदेखि सुरु भएको विधान अधिवेशन पूर्ववत् तालिकाअनुसार समापन हुन लागेको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
उनका अनुसार आजको बैठकमा मस्यौदा विधानमाथि समूहगत छलफलमा उठेका प्रश्नको पार्टी अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्षनेताले जवाफ दिने कार्यक्रम छ । अध्यक्ष यादवले प्रस्तुत गरेको मस्यौदा विधानमा सोमबार १० समूहमा समूहगत छलफल भई धारणा राख्ने क्रम सुरु भएको थियो ।
उक्त १० समूहबाट समूहगत धारणा राखेपछि अधिवेशनको अन्तिम दिन अध्यक्ष यादवले जवाफ दिएर संशोधनसहित विधान पारित गर्ने कार्यसूची रहेको सो पार्टीले जनाएको छ ।
जसपाको प्रस्तावित विधानमा ७० वर्षे उमेरहदको प्रावधान राखिएको छ । यसैगरी जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिको पदाधिकारीमा एउटै व्यक्ति दुईपटकभन्दा बढी एउटै पदमा बस्न नपाउने, एकल नेतृत्वमा फर्किएको, प्रदेश र केन्द्रीय समिति सदस्य हुन कम्तीमा पाँच वर्ष पार्टी सदस्यता लिएको हुनुपर्नेलगायतका प्रावधान राखिएको विधान प्रस्तुत भएको छ ।
उक्त मस्यौदा विधानमा छलफलका लागि केन्द्रीय समितिका चार सय छ जना सदस्यका साथै प्रदेश समिति, राष्ट्रिय समिति, विषेश प्रदेश समिति, जिल्ला समिति, महानगर, भातृ सङ्गठन तथा केन्द्रीय समितिबाट मानोनित १० सहित सात सय ४६ प्रतिनिधि सहभागी रहेका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया