NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णय सच्याउन माग राख्दै विपक्षी दलबाट संसद अवरोध 

काठमाडौं । जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालयमा गाभ्ने तयारी गरेको भन्दै प्रमुख प्रतिपक्ष दल एमाले र रास्वपाले संसद अवरोध गरेको छ ।

मंगलबार संसद सुरू भएपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले निर्वाचन कार्यालयलाई खारेज गरी प्रशासन कार्यालयमा गाभ्ने निर्णय लोकतन्त्र विरोधी भएको जिकिर गरे ।

रास्वपालाई साथ दिँदै एमालेका सांसद सूर्य थापाले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय तत्काल सच्याउन आग्रह गरे । त्रुटि सच्याउनका लागि सरकारलाई सभामुखले नै रूलिङ गर्नुपर्ने थापाले बताए । आजको बैठकमा अर्थमन्त्रीले सांसदहरूले उठाएका जवाफ दिने कार्यसूची रहेको छ ।