जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णय सच्याउन माग राख्दै विपक्षी दलबाट संसद अवरोध
काठमाडौं । जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालयमा गाभ्ने तयारी गरेको भन्दै प्रमुख प्रतिपक्ष दल एमाले र रास्वपाले संसद अवरोध गरेको छ ।
मंगलबार संसद सुरू भएपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले निर्वाचन कार्यालयलाई खारेज गरी प्रशासन कार्यालयमा गाभ्ने निर्णय लोकतन्त्र विरोधी भएको जिकिर गरे ।
रास्वपालाई साथ दिँदै एमालेका सांसद सूर्य थापाले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय तत्काल सच्याउन आग्रह गरे । त्रुटि सच्याउनका लागि सरकारलाई सभामुखले नै रूलिङ गर्नुपर्ने थापाले बताए । आजको बैठकमा अर्थमन्त्रीले सांसदहरूले उठाएका जवाफ दिने कार्यसूची रहेको छ ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया