NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङ पक्राउ

काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ पक्राउ परेका छन् ।

ललिता निवास जग्गा प्रकरणबारे थप अनुसन्धानको क्रममा गुरुङलाई आज केन्द्रिय अनुसन्धान ब्यूरो(सीआइबी)काे टाेलीले बालुवाटारस्थित उनकै निवासबाट पक्राउ गरेको हो ।

सरकारी जग्गा व्यक्तिका नाममा हडपेको यो घोटालाबारे सीआईबीले डेढ वर्षअघि नै अनुसनधान टुंग्याएर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो । तर यसमाथि थप अनुसन्धानको आवश्यकता औंल्याउँदै फाइल फिर्ता गरेको थियो । त्यसयता रोकिएको अनुसन्धानको फाइल पुनः खुलेको छ ।

‘बालुवाटार जग्गा हिनामिनाको आरम्भकर्ता देउवा’, उच्च नेतृत्व मुछिएपछि सिआइबीको प्रतिवेदनमा तालाचाबी