जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन : अर्थमन्त्री

काठमाडाैं । अर्थमन्त्री प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने स्पष्टीकरण दिएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा रास्वपा र एमालेले उक्त कार्यालय खारेजी फिर्ता लिन सरकारसँग माग गरेर संसद् बैठक अवरूद्ध गरेपछि अर्थमन्त्री शर्माले निर्वाचन कार्यालय खारेज नहुने स्पष्टीकरण दिएका हुन् ।
अर्थमन्त्री महतले सो सम्बन्धमा स्पष्टीकरण दिँदै भने, ‘हामीले निर्वाचन कार्यालय खारेजी भनेका थिएनौं तैपनि त्यहाँ खारेजी शब्द पर्न गयो, तत्कालको अवस्थामा जिल्ला निर्वाचनको कार्यालय आउँदा खारेज गरी जिल्ला प्रशारण कार्यमा निर्वाचन इकाइ रहने, अब पाँच वर्षसम्म यसको धेरै काम नहोला, त्यसो हुनाले यसमै यसको बिल्डिङ छ, त्यही नै यसको स्वतन्त्र रूपमा कार्यालय भए भइहाल्छ भन्ने आशयका साथ पर्न गयो ।’ उनले थपे, ‘तर समग्र स्टेकहोल्डरहरूसँग छलफल गरेपछि थप निर्वाचनआयोगसँग र नेतृत्वतहसँग कुराकानी भएपछि हामी स्पष्ट छौं, यसको छुट्टै अस्तित्वलाई नकार्ने समाप्त पार्ने हाम्रो कुनै मनशाय छैन’।
प्रतिक्रिया